Shikhar Insurance
National Life

नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित, निजी क्षेत्रबाट विद्युत व्यापारको लाइसेन्स लिने लक्ष्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १०:०७
Hyundai
NCELL
NIMB

नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष समेत रहेका आचार्यलाई नेपेक्सको पनि अध्यक्ष चयन गरेको हो ।
कम्पनीमा आशिष गर्ग प्रबन्ध सञ्चालक छन् भने उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाँई र मोहन डाँगी रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना भएको नेपेक्सले हालसम्म लाइसेन्स भने पाईसकेको छैन् । हालसम्म नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युत व्यापार गर्दै आईरहेको छ ।

नेपेक्सले भारतीय कम्पनी मणिकरण पावर लिमिटेडसँग निजी क्षेत्रबाट उत्पादित ५०० मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको छ। तर व्यापारको लाइसेन्स भने सरकारले अझै दिएको छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्