काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधी सभा सदस्य प्रदिप गिरीको निधनमा लाहान नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गिरीको गृह नगर लाहाल १४ हो भने उनी २०७४ को प्रतिनिधी सभा निर्वाचनमा सिरहा १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । गिरी लाहानको मात्रै नभएर सिंगो राष्ट्रको गहना भएकाले उनको निधनमा भदौ ५ गते नगरपालिकाका सम्पूर्ण सरकारी कार्यालय तथा सेवाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको बताईएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मायानाथ आचार्यले सूचना प्रकाशित गर्दै नगरपालिका भित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था(आकस्मिक बाहेक) र अन्य सरकारी सेवाहरु भदौ ५ गते बन्द रहने जानकारी दिएका हुन् ।
काँग्रेस नेता गिरीको भदौ ४ गते काठमाडौंस्थित मेडसीटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्