काठमाडौं । निक्षेप तानातानिमा सक्रिय वाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका छन् । शान्तिसेनामा जानेहरुको पैसालाई रेमिट्यान्स करार गरी आधा दर्जन वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशन विपरित ब्याजदर कबोल गरेका हुन् ।
राष्ट्र बैंकको ब्याजदर नीति कै परिधिमा रहेर हाल बैंकहरुले संस्थागत मुद्धतीमा ९.०३ प्रतिशत र व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । रेमिट्यान्स मुद्धतीमा भने व्यक्तिगत मुद्धतीमा न्युनतम १ प्रतिशत थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकको हो । यस्तो ब्याजदर बैंकहरुले अघिल्लो महिनामा प्रकासित ब्याजदरमा १० प्रतिशत थपघट गर्न पाउँछन् । पछिल्लो महिनामा लागुहुने परिवर्तित ब्याजदर भने अघिल्लो महिनाको मसान्तमै प्रकाशित गर्नुपर्ने हुन्छ ।
प्रकाशित ब्याजदर अनुसार नै बैंकहरुले निक्षेपकर्ता सैनिक कल्याणकारी कोषले गत साउन दोस्रो साता करिब १० अर्ब रुपैयाँ शान्तिसेनामा जानेहरुबाट प्राप्त हुने रकमलाई १ वर्षको लागि निक्षेप कबोल गर्न आह्वान गरेको छ । उक्त रकम भनेको सेनाको व्यक्तिगत नभएर कल्याणकारी कोषको अर्थात् संस्थागत निक्षेप भएको सेनाका सुचना अधिकारी साहायक रथी नारायण सिलवालले जानकारी दिए ।
शान्ति सेनामा जानेहरुको तलबबाट कल्याणकारी कोषमा जम्मा हुने रकमलाई नै कोषले बैंकहरुलाई निक्षेपमा कबोल्न भनेको हो । सो निक्षेपलाई केही वाणिज्य बैंकले व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा राख्न बजारमा प्रचलित ब्याजदरभन्दा बढी कबोल गरेका हुन् । आधा दर्जन वाणिज्य बैंकहरुले शान्ति सेनामा जानेहरुको तलबलाई समेत रेमिट्न्सको रकम मान्दै १५ प्रतिशतसम्म ब्याजदर कबोल गरेका हुन् । जसको सुरुवात सानिमा बैंकले गरेको हो । सानिमा बैंकले अघिल्लो महिना रेमिट्यान्समार्फत् प्राप्त हुने संस्थागत मुद्धतीमा १०.७६ प्रतिशत ब्याज नै भुक्तानी गर्ने सेनाको तलबलाई पनि रेमिट्यान्स भन्दै उच्चतम ब्याजदर कबोल हो । स्रोतका अनुसार सानिमा बैंकले यसापाली सबै भन्दा पहिले नियम तोडेर १३.०१ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । त्यस बाहेक सनराइज बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक र एनआईसी एसियाले पनि १३.०१ देखि १५ प्रतिशतसम्म ब्याजदर अफर गरेर प्रस्ताव बुझाएका छन् ।
दैनिक ब्याज दिँदै बैंकहरु
एक बैंकरका अनुसार केहि बाणिज्य बैंकहरुले दैनिक ब्याज भुक्तानी दिँदै पुँजीकरण गर्दै आईरहेका छन् । त्यसरी दैनिक ब्याज पुँजीकरण गरिदिने बैंकहरुमा ग्लोबल आईएमई, कुमारी, प्राइम र एनआईसी एसिया बैंकले दैनिक ब्याज दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्