Shikhar Insurance
National Life

डीजी पेका सेवाग्राहीले स्टार हस्पिटलमा बिशेष छुट

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । डिजी पे प्रालि र स्टार हस्पिटल बीच नौलो र बिसेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८२५ को दुइवटा १,६५० बराबर ओपीडी टिकट निशुल्क पाउने छन् ।

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत सम्मको छुट पाउनेछन् । स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए ।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष श्री किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्