Shikhar Insurance
National Life

एमसीसीले खर्च गर्यो ४ अर्ब ७७ करोड, निर्माण कार्य एक बर्षपछि मात्रै सुरु हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीएले हालसम्म ४ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टका अनुसार सन २०१७ को सेप्टेम्बर अर्थात २०७४ भदौ २९ गते नेपाल र एमसीसीबीच परियोजनामा हस्ताक्षर गरेपछि हालसम्म सो मात्रामा खर्च भएको हो ।

२०७५ जेठमा मन्त्रीपरिषदको गठनादेशबाट अर्थमन्त्रालय अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति गठन भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमसीसीका लागि छानिएका आयोजनाहरुको निर्माण कार्य भने अझै एक वर्षपछि अर्थात सन २०२३ को अगष्टबाट मात्रै आरम्भ हुनेछ । एमसीएले ३१५ किलोमिटर ४०० किलोभोल्ट (केभी)को प्रसारणलाईन र ७७ किलोमिटर सडक खण्डको आधुनिक स्तरोन्नति गरि सन २०२८ भित्र नेपाललाई हस्तान्तरण गर्ने योजना पनि बनाएको छ ।

नेपालमा एमसीसी कार्यान्वयन गर्ने वा नगर्ने बिषयमा व्यापक बिरोध हुँदा पूर्व तयारीका काममा ढिलाई भएको पनि कार्यकारी निर्देशक बिष्टले बताए । ‘हामीले संसदबाट सहजै पास हुनेछ र काम अघि बढाउने सोचेका थियौं, तर परिस्थिति अर्कै बनिदियो, संसदले पास गर्छ कि गर्दैन भनेर कुर्दा कुर्दै पूर्व तयारीकाकाममा केहि ढिलाई हुन पुग्यो’, कार्यकारी निर्देशक बिष्टले भने । व्यापक बिरोधका बीच प्रतिनिधी सभाले २०७८ फागुन ११ गते एमसीसी कम्प्याक्ट पास गरेको थियो ।

एमसीएले ४४ केभी क्षमताको ३१५ किलोमिटर प्रशारण लाइन काठमाडौंका लप्सिफेदीबाट नुवाकोटको रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोड्नेछ । ८५४ टावर निर्माण गरि भारतीय सिमामा जोडिने यो लाइन बनाउन २ लाख वटा रुखहरु काटिनेछन् ।

त्यस्तै, दाङ जिल्लामा ७७ किमी सडक मर्मत तथा स्तरोन्नति गरिनेछ । सडकको कामका लागि आवश्यक पर्ने प्राबिधिक उपकरणसहितको ल्याब भने सडक बिभागमा स्थापना गरिसकएको छ । एमसीएले प्रसारणलाइन निर्माणका लागि ८२.४० प्रतिशत सडक मर्मतका लागि ८.६३ प्रतिशत गर्नेछ ।

६३ करोड अमेरिकी डलरको परियोजनामा ५० करोड अमेरिकी डलर एमसीसीबाटा प्राप्त हुनेछ भने १३ करोड डलर नेपाल सरकारको लगानी रहनेछ । हाल ३१५ किलोमिटर प्रशारण लाइनमध्ये ३० किलोमिटरमा पुनः सर्वेक्षणको काम भैरहेको छ । आयोजनामा साढे ३ वर्षसम्म ७ हजार ३ सय नेपाली नागरिकहरुले पूर्ण रोजगारी पाउनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्