Shikhar Insurance
National Life

नेक्सजेन म्यानेजमेन्टले रुग्ण तथा बन्द उद्योग व्यवसायको सर्भे गर्ने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३, शुक्रबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्ष देखिको कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेका छन ।

बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिदैछ । वैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका छन भने अधिकांश रुग्ण अवस्थामा जान थालेको पाइन्छ । देशमा ३५ हजार भन्दा बढीको संख्यामा रहेको सहकारी संस्थामा सम्बद्ध उद्योगी व्यवसायीको अवस्था पनि नाजुक हुदै गइरहेको छ । यस्तो जटिल अवस्थामा रुग्ण तथा बन्द उद्योगको यथार्थ अवस्था अध्ययन गर्ने र उनीहरुलाई उचित परामर्श दिने आवश्यकता देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि पूर्व बैंकर तथा उद्योगी व्यवसायीको संस्था हो । पूँजीको उचित परिचालन नहुँदा र बजारको व्यवस्थापन हुन नसक्दा उद्योग व्यवसाय राम्ररी चल्न नसकेको हो । यही तथ्यलाई विचार गरी भदौ महिना भरी रुग्ण तथा बन्द उद्योग व्यवसायको सर्भे र अध्ययन गर्ने तथा आश्विन महिनाबाट न्यून शुल्कमा परामर्श सेवा दिन लागेको हो । उद्योग व्यवसाय चलाइरहेको, विभिन्न बैंकमा पूर्व कार्यकारी प्रमुखको जिम्मेवारी पनि सम्हालीसकेको हुँदा रुग्ण र बन्द उद्योगको उचित व्यवस्थापन तथा पूनःसंचालन परामर्श दिई सहयोग गर्न सकिने कम्पनीले दावी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्