Shikhar Insurance
National Life

अब कपाल काट्दा सैलुनमा क्युआरबाटै भुक्तानी गर्न मिल्ने, माछापुच्छ्रे बैंकले नाई संघलाई दियो क्युआर

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार १९:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर हस्तान्तरण गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीेले क्युआर हस्तान्तरण गर्नु भएको थियो । उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्