Shikhar Insurance
National Life

नेप्से दोहोरो अंकले बढ्यो,

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार  परिसूचक २७.५६ अंकले बढेर २,०६८.२६ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.४१ अंकले बढेर ४००.०८ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार दिनभरीमा २२० कम्पनीको ५१ लाख १ हजार द्द सय ९० कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १७१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार दुई कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य १० प्रतशतले बढेको हो ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि, अपि पावर कम्पनीको ७ करोड ८० लाख २६ हजार, शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजार, अरुण काबेली पावरको ५ करोड ५६ लाख ३७ हजार र आईसीएफसी फाइनान्सको ५ करोड २८ हजार ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिमक्री भएको छ ।

समूहगत उपसूचकहरु सबै बढेको छ । भने डेभलपमेन्ट समूहमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्