Shikhar Insurance
National Life

आजबाट बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक अफ काठमाडूले आज (भदौ २ गते) देखि ऋणपत्र निष्काशन ताथ बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । बैंकले ७ वर्षको लागि बिओके डिबेन्चर, २०८६ (क) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले निष्काशन गरेको ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको २२ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ३५ प्रतिशत अर्थात ४१ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख १८ हजार कित्ता सर्वसाधारणको लागि, र बाँकी रहेको ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बरारबको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको हो ।

सो ऋणपत्र निष्काशत ताथ बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्र छिटोमा भदौ ७ गते र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौं १६ गते सम्म लम्बिने छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्