Shikhar Insurance
National Life

एक वर्षमा ४६ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो, वृद्धिदर ४.८ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । एक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली ४६ अर्ब २६ करोड कमाएर नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार सो अवधिमा नेपालमा कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक सो तथ्यांक अनसार आव २०७८/७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेकोथियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्