Shikhar Insurance
National Life

मुलकको शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा, विदेशी सञ्चिति ७.८ महिनाको वस्तु आयात धान्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब ६६ करोड रुपैयाँ घाटा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यस्तै , समीक्षा अवधिमा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई ९ अर्ब ९९ करोड रुपैयाँ पुगेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

उच्च आयातको कारण गतवर्ष शोधानान्तर २ खर्ब ५५ अर्ब रुपैयाँमा र मुलुकको ढुकुटीमा ९ अर्ब ५४ करोड रुपैयाँले अमेरिकी डलरको सञ्चिति रहेको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ । बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

२०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्