Shikhar Insurance
National Life

३ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति कित्ता?

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । आज (साउन ३१ गते) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ हाइड्रोपावर कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा अपर सोलु हाइड्रो, स्वेत-गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर सूचिकृत भएको हो ।

कम्पनीहरुले आयोजना प्रभाति र सर्वसाधारणको लागि निष्काशन गरेको सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अपर सोलु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि निष्काशन गरेको १३ लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुको लागि वितरण गरेको (समूहिक लगानी कोष र कर्माचारीहरु समेत) १९ लाख ५७ हजार ५ सय कित्ता र संस्थापक सेयर १ करोड १ लाख ९२ हजार ५ सय कित्ता गरि कुल १ करोड ३५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयर ओपनिङ्ग रेन्ज न्यूनतम १०८ रुपैयाँ २१ पैसा देखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसा तोकेको छ । नेप्सेले कम्पनीको सेयरलाई यूएसएचईसी संकेत दिएको छ ।

त्यस्तै, स्वेत गंगा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर आज नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले कम्पनीको ओपनिङ्ग रेन्ज न्यूनतम ८९ रुपैयाँ ८८ पैसा देखि अधिकतम २६९ रुपैयाँ ६४ पैसा तोकेको छ ।

कम्पनीले आयोजना प्रभावितको लागि निष्काशन गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरुको लागि निष्काशन गरेको (सामूहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) ३१ लाख ८६ हजार कित्ता र संस्थापकहरुका लागि लगानी गरेको १ करोड ११ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई एसजीएचसी संकेत दिएको हो ।

मंगलबार नेप्सेमा सूचिकृत भएको अर्काे कम्पनी मन्दाकिनी हाइड्रोपावर रहेको छ । कम्पनीको ५८ लाख ८० हजार ३ सय ६९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आयोजना प्रभावित क्षेत्रको बासिन्दाको लागि निष्काशन गरेको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) वितरण गरेको ११ लाख ७६ हजार ७३ कित्ता, संस्थापक सेयर ४१ लाख १६ हजार २ सय ५९ कित्ता गरि कुल ५८ लाख ८० हजार ३ सय ६९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको ओनिङ्ग रेन्ज न्यूनतम १०२ रुपैयाँ देखि अधिकतम ३०६ रुपैयाँसम्म तोकेको छ । नेप्सेले कम्पनीको सेयरलाई एमएचएल को संकेत दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्