काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिक्न सकेन । सोमबारको कारोबारमा ५५ अंकले बढेको नेप्से मंगलबार भने दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार परिसूचक २४.८३ अंकले घटेर २,०४१.६१ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.७५ अंकले घटेर ३९४.३९ को विन्दुमा बन्द भएको हो ।
दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन नेप्से परिसूचक ५५ अंकले बढ्दा कारोबार रकम २ अर्ब ४३ करोड रुपैयाँ पुगेको थियो । सो दिन कारोबारमा आएको १२ कम्पनीको सेयर मूल्य बढेको छ । १६९ कम्पनीको घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
त्यसैगरि शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५२ हजार, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख ७९ हजार, महालक्षिमी विकास बैंकको ५ करोड ८७ लाख २४ हजार र नेपाल टेलिकमको ५ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
अपर हेवाखोलाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । स्वावलम्बल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । भने, अन्य कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा कमले बढेको छ । सो दिन यूनिलिभर नेपालको सेयरधनीहरुले ५.६२ प्रतिशतले गुमायको छ ।
सबै समूहगत उपसूचकहरु घटेको छ । हाइड्रोपावर समूहका लगानीकर्ताहरुले ३.१८ प्रतिशतले गुमायका छन् ।
प्रतिक्रिया दिनुहोस्