Shikhar Insurance
National Life

विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने २७१ सेवाग्राही कालोसूचीमा

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १४:०८
Hyundai
NCELL
NIMB

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।

उनीहरुबाट ७९ लाख ३९ हजार ६ सय ९० रुपैयाँ बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार ६ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक १ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँ महसुल उठेको छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट ४ करोड ४३ लाख ६० हजार रुपैयाँ महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्