Shikhar Insurance
National Life

घोराही सिमेन्टले प्रिमियम मूल्यमा ७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय आईपिओ निष्काशन गर्नेको लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न सेक्टरका कम्पनीहरु लाइनमा रहेको छ । कम्पनीहरुले आफ्नो क्षमता अनुसारको आईपीओ निष्काशन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । त्यसमध्ये घोराइ सिमेन्ट इन्डस्ट्रि पनि बोर्डको पाइपलाइनमा रहेको छ ।

वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्ट इन्डस्ट्रिले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने भएकोे छ । कम्पनीले आईपीओ निष्काशनको लागि माग गर्दै साउन ९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागको हो । कम्पनीले स्थानियबासिको लागि अंकित मूल्य ४ सय रुपैयाँको दरले ३ लाख ९७ हजार १ सय ९० कित्ता र सर्वसाधारणको लागि प्रिमियन मूल्य ३५ रुपैयाँ सहित ४३५ रुपैयाँको दरले कुल कुल ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो । कम्पनीको सेयर निष्काशन ताथ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएपछि पहिले स्थानियबासिको लागि आईपीओ बिक्री खूल्ला गर्नेछ र त्यसपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्