काडमाडौं । मंगलबार अर्थात् साउन महिनाको अन्तिम दिन आज (साउन ३१ गते) सुनको मूल्य घटेको छ । मंगलबार छापावल सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । सो दिन छापावल सुन ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि घटेको छ । मंगलबार तेजावी सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेको जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १२ सय ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा व्यवसायी महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्