काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३.४८ अंकले बढेर २,०६९.३७ को विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स पनि १.५८ अंकले बढेर ३९९.७१ को विन्दुमा पुगेको हो ।
प्रिओपान सेसनमा २७ कम्पनीको ३ हजार ६ सय २० कित्ता सेयर १८ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको २० कम्पनीको सेयर मूल्य बढेको छ । ५ कम्पनीको घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सो दिन प्रिओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ । एनआइसी एशिया बैंक, नेश्नल हाइड्रोपावर, सेन्ट्रल फाईनान्स, फर्वड माइक्रोफाईनान्स र यूनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य २/२ प्रतिशतले बढेको हो । भने, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य २ प्रतिशले घटेको छ ।
सो सेसनमा रिडी पावर कम्पनीको सेयर सबैभदा बढी खरिदबिक्री भएको छ । कम्पनीको ५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो सेसनमा समूहगत उपसूचकहरु इन्भेष्मेण्ट समूह ०.४७ प्रतिशतले बढेको छ
प्रतिक्रिया दिनुहोस्