Shikhar Insurance
National Life

आज रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गते देखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आईपीओ १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १ सय कित्ता सेयरस्थानिय बासिन्दाको लागि निष्काशन गरेको हो । सो सेयर अति प्रभावित क्षेत्रका लागि गोसाइकुण्ड वडा नं. १ थुमन र वडा नं. २ टिमेरे प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाँउपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका र अन्य गोसाइकुण्ड गाँउपालिकाका बाँकी वडाहरुका बासिन्दाले लामटाङ वडा नं. ४,स्याफ्रबेशी वडा नं. ५ र धुन्चे वडा नं. ६ का बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछ । निष्काशन गरेको मध्ये १० प्रतिशत सेयर अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमश ४.५ः१.५ः१ को अनुपातमा बाँडफाँड गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ सय कित्ताको लागि आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्