Shikhar Insurance
National Life

नेपालको निर्यात क्षमता अहिले नै बार्षिक नौं खर्बको छः सचिव ज्ञवाली

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार ०८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग सचिव डा तोय नारायण ज्ञवालीले नेपालको निर्यात क्षमता बार्षिक ९ खर्ब रुपैयाँ बराबर रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष नेतृत्वको प्रतिनिधीमण्डलसँगको भेटमा सचिव डा. ज्ञवालीले नौं खर्बको निर्यात क्षमता भए पनि त्यसको उपयोग गरि लाभ लिन भने नसकिएको बताएका हुन् ।

डा. ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने पनि बताएका थिए । विदेशबाट फर्किएका युवाहरुको सीप र लगानी प्रवर्द्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको सचिव ज्ञवालीले जानकारी दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेटमा नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनमा जोड दिन सरकारलाई आग्रह गरेको थियो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्योग सचिव डा तोयनारायण ज्ञवालीलाई भेटेर निर्यात प्रवर्द्धनलाई जोड दिएर बढ्दो व्यापार घाटालाई कम गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले निर्यात प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेका हुन् । औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सीप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लको भनाइ थियो । “विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगमा प्रवद्र्धन गर्न सकियो भने कहालीलाग्दो व्यापार घाटा कम गर्न सकिन्छ, यसका लागि सरकारसँग हातेमालो गर्न नेपाल चेम्बर अफ कमर्स तयार छ”, उनले भने ।

उनले औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल ब्याजदरको व्यवस्था कायम गर्न आग्रह गरे । १० करोड बराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्ध गर्न सकिने बताए । अध्यक्ष मल्लले मुख्य–मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुको निर्यातमा पटक पटक समस्या आउने गरेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्