काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ मा आवेदन दिने समय अवधी थपिएको छ । कम्पनीले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्काशन गरेको थियो । अब कम्पनीको म्युचुअल फण्डमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाई निष्काशन गरेको हो । कुल इकाईको १४ प्रतिशतले हुने १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक लिमिटेड एक प्रतिशतले हुने १२ लाख ईकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईका सर्वसाधारणाले आवेदन दिन सक्नेछन् ।
एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो । यो १० वर्ष अधवीको हुनेछ। क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्