Shikhar Insurance
National Life

पिपुल्स पावरको आईपीओमा आवेदन खुल्यो, ५० हजारसम्म भर्न पाइने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार ०७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन खुला गरेको हो । कुल निष्काशनको २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ। कम्पनीको शेयर प्रभु क्यापिटलले निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्