Shikhar Insurance
National Life

२७ दिनमै वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब निक्षेप गायब, थप कर्जा विस्तार शुन्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साउनको २७ दिनमै वाणिज्य बैंकहरुबाट १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमा गत असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

गत असार मसान्तसम्म मौज्दात कुल निक्षेपमा साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता ९१ अर्ब रुपैयाँ, तेस्रो साता ९५ अर्ब रुपैयाँ र चौथो साताको २७ गतेसम्म १ खर्ब २० अर्ब रुपैयाँले निक्षेप वाणिज्य बैंकबाट बाहिरिएको हो । पछिल्लो ७ दिनमै २५ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मौज्दात निक्षेप घटेसँगै वाणिज्य बैंकहरुले नयाँ कर्जा ठप्प नै गरेका छन् । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउन २७ गतेसम्म पनि कुल कर्जाको पहिमाण सोही नै कायम छ ।

असार मसान्तसम्म मौज्दात कुल कर्जामा साउन ६ गतेसम्म १० अर्ब रुपैयाँ, साउन १३ गतेसम्म ११ अर्ब र साउन २० गतेसम्म ९ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित भएको थियो । पछिल्लो ७ दिनमा ९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह हुँदा असार मसान्तसम्म प्रवाहित कर्जाको परिमाणमा बराबरी भएको हो ।

बैंकहरुमा निक्षेप घटेपनि नयाँ थप कर्जा विस्तार गर्दा वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । साउन २७ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८८.३५ प्रतिशत छ । वाणिज्य बैंकहरुको औषत सीसी रेसियो गत असार मसान्तसम्म ८६.४१ प्रतिशत, साउन ६ गतेसम्म ८७.७५ प्रतिशत, साउन १३ गतेसम्म ८७.९८ प्रतिशत र साउन २० गतेसम्म ८७.६९ प्रतिशत ककायम थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्