Shikhar Insurance
National Life

घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट १४ लाख अनुदान

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १६:०७
Hyundai
NCELL
NIMB

कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३ किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ अनुदान दिइएको हो ।

महानगरमा गत आर्थिक वर्षमा ४ सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । उनका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि ९ रोपनीमा लगाउने २२, दुई देखिमाथि र ५ रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ । महानगरका ९३ जना किसानले ६ हजारदेखि ६० हजारसम्म अनुदान प्राप्त गरेका छन् । सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही ६०/६० हजार अनुदान प्रदान गरिएको छ ।

अनुदान प्राप्त गरेका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताए । महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताए ।

महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ । सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्