Shikhar Insurance
National Life

छैटौं दिनको कारोबारमा नेप्से हरियाली,३ कम्पनीको सेयरमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । गत सोमबार देखि निरन्तर घटेको नेप्से परिसूचक छैटौं कारोबारको दिन भने हरियो भएको छ ।

निरन्तर ५ दिनको कारोबारमा १०५ अंकले घटेको नेप्से आज (सोमबार) भने ५५.८८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक बढेर २,०६५.८९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ११.२३ अंकले बढेर ३९८.१३ को विन्दुमा बन्द भएको हो ।

दिनभरिमा २१५ कम्पनीको ६० लाख २६ हजार १ सय ९२ कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १८० कम्पनीको सेयर मूल्य बढेको छ। भने, ४ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख ५५ हजार, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख ४८ हजार, नेपाल टेलिकमको ६ करोड ८५ लाख ७८ हजार र अरुण भ्याली हाइड्रोपमवर कम्पनीको ६ करोड १४ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबारको कारोबारमा ३ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । श्री इन्भेष्टमेण्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स र राधि विद्यूत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सो दिन रिडी पावर कम्पनीको सेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले गुमाएका छन् ।

समूहगत उपसूचकहरु सबै बढेका छन् । भने सोमबार फाइनान्स समूहमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । फाइनान्स इण्डेक्स सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्