Shikhar Insurance
National Life

लक्ष्यभन्दा ३२ प्रतिशतले कम राजस्व सङ्कलन, किन उठेन लक्ष्यअनुसार राजस्व?

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १३:५०
Hyundai
NCELL
NIMB

गोदावरी । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले ५ अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ३ अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै सङ्कलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो ।

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी सङ्कलन भएको छ । आयकरतर्फ १ अर्ब ३६ करोड ६७ लाख ६० हजार रूपैयाँ उठाउने लक्ष्य लिइएकामा १ अर्ब ४० करोड ९२ लाख ४ हजार रूपैयाँ सङ्कलन भएको छ । स्वास्थ्य सेवा करतर्फ ५ करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात ९ करोड ३७ लाख ६ हजार रूपैयाँ सङ्कलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घर बहाल करतर्फ ४ करोड ३७ लाख ३४ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा २ करोड ७७ लाख २६ हजार रूपैयाँ सङ्कलन भएको छ । ब्याज करतर्फ ४ करोड ९७ लाख ९१ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा २ करोड ३७ लाख २२ हजार रूपैयाँ सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४१ करोड ४९ लाख ४३ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा ९६ करोड ४८ लाख ५९ हजार रूपैयाँ सङ्कलन भएको छ । अन्तशुल्क करतर्फ २ अर्ब ८४ करोड ७० लाख ७९ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा १ अर्ब ४३ करोड ७ लाख ४१ हजार रूपैयाँ सङ्कलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि १३ हजार रूपैयाँ सङ्कलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा ४ अर्ब ५० करोड १० लाख ५४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा ५ अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले ४ अर्ब ७६ करोड रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्