Shikhar Insurance
National Life

‘पहिरा पीडितलाई गाउँपालिकाले आर्थिक सहयोग’

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १२:०४
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ ।

यही साउन १७ गते पहिरामा पुरिएर मालिका–२ गाल्दामा घामबहादुर विकको परिवारका ५ जनाको निधन भएको थियो । १३ औँ दिनको पुण्यतिथि पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्चबापत आइतबार १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष बुढाथोकीलगायतले रकम हस्तान्तरण गरेका थिए । पहिरामा घामबहादुर, उनकी श्रीमती राममाया, छोरी रोजी, छोरा राजन र नवीनको मृत्यु भएको थियो ।

पहिराले हुत्ताएर घाइते भएका गोठे र उनकी श्रीमती गोरी विक पोखरामा उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छिन्। पहिराका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडाध्यक्ष बुढाथोकीले बताए । आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त, मालिका ४ का वडाध्यक्ष भीजेन्द्रमान पुन, प्राविधिक विमलमान राई, विकास गुरुङ, स्वकीय सचिव विनोद बुढाथोकीको टोलीले चिउरीबोट, ओखरबोटलगायत पहिराले क्षति पुर्याएको र जोखिम बनाएको ठाउँको अनुगमन समेत गरेको छ । वडा नम्बर ४ मा छ घर पहिरोबाट विस्थापित भएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्