Shikhar Insurance
National Life

रिचेत जलविद्युत कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशन (आइपीओ) काे लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता आइपीओ निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा मिति २०७९ श्रावण २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी लिमिटेड) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा सचिन्द्र ढुंगाना (नायव महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख – मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्