Shikhar Insurance
National Life

नेप्सेले गर्याे नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, बुधबार कतिमा होला पहिलो कारोबार?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नागरिक लागानी कोषको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य २,२१४ रुपैयाँ ६२ पैसा पुगेको हो । नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्य २,८७९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर मूल्य समायोजनपछिको मूल्य २,२१४ रुपैयाँ ६२ पैसामा दोस्रो बजारमा कारोबार खुल्ने छ ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयरको आधारमा मूल्य समायोजन गरेको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ । उक्त बोनस सेयर आउदो भदौ ६ गते हुने बार्षिक साधारण सभाबाट पारित हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले साधारणसभा तथा लाभांश वितरणको लागि साउन २५ गते क्लोज मिति तोकेको छ । साउन २४ गते सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र बोनस सेयर प्रप्त गर्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्