Shikhar Insurance
National Life

बोर्डले दियाे १७ करोड ६५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन अनुमति

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ विभिन्न कम्पनीहरुले धमाधम आइपीओ निष्काशन गरिरहेको छ । त्यसैबीच अर्को ३ कम्पनीले पनि आइपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

बोर्डबाट एउटा हाइड्रोपावर र दूई लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनको अनुमति पाएको हो । इष्ट्रन हाइड्रोपावर कम्पनी, खप्तड लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशनको अनुमति पाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले इष्ट्रन हाइड्रोपावर कम्पनीलाई साउन ९ गते आइपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई आइपीओ निष्काशन गरेपछि कम्पनीको चक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

बोर्डले खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको अनुमति साउन १० गते दिएको हो । लघुवित्तले सर्वसाधारणको लागि अंकित मूल्य १०० रुपैयाँको दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लघुवित्तको हाल चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ । भने सर्वसाधारणको लागि आइपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरि बोर्डबाट आईपीओ निष्काशनको अनुमति श्रृजनशील लघुवित्तले पाएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आईपीओ निष्काशनको अनुमति साउन १८ गते दिएको हो ।

लघुवित्तले सर्वसाधारणको लागि ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्नेछ । लघुवित्तको आइपीओ अंकित मूल्य १०० रुपैयाँको दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको रहेको छ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लघुवित्तको हाल चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्