Shikhar Insurance
National Life

सान्जेन जलविद्युतको आइपीओ भदौ ५ गते देखि निष्काशन हुने

सिंहदरबार संवाददाता
२०७९ श्रावण २४, मंगलवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गते देखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आइपीओ छिटोमा भदौ १९ गते र ढीलोमा असोज २ गतेसम्म अवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रको बासिन्दाको लागि आइपीओ निष्काशन गर्ने लागेको हो । कम्पनीले चिलिमे प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने स्थानियलाई सेयर निष्काशन गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ५ , प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नं. ४, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नं. १,२, ३, र न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछ ।

कम्पनीले स्थानिय बासिन्दाको लागि छुट्याइएको १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । सो सेयर न्यूनतम १० कित्ता र अधिकतममा ७ सय कित्ता सेयरको लागि मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ । भने, सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्