काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।
कुल निष्काशनको ०.५ प्रतिशतले हुने ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा साउन २९ गते भित्र आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन् । सनराइज क्यापिटल लिमिटेडले निष्काशन गरिरहेको आईपीओले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । हाल ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपीओ निष्काशनपछि १० करोड ३१ लाख रुपैयाँ पुँजी पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्