काठमाडौं । मंगलबार प्रिआपन सेसनमा नेप्से परिसूचक ३.६३ अंकले बढेर २,१०९.७८ को विन्दुमा पुगेको छ ।
त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२० अंकले बढेर ४०६.३० को विन्दुमा पुगेको हो ।
मंगलबार सो सेसनमा १६ कम्पनीको ३ हजार ७ सय ८२ कित्ता सेयर १२ लाख ८४ हजार रुपैयाँमा खरिबिक्री भए । सो सेसनमा कारोबारमा आएको १० कम्पनीको सेयर मूल्य बढेको छ । ४ कम्पनीको घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रिओपन सेसनमा कारोबार रकमको आधारमा नेश्नल हनइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ लाख ६९ हजार रुपैयाँको सेयर खरिदबिक्री भए ।
सो दिन प्रिओपन सेसनमा सिटिजन इन्भेष्टमेण्ट र गुराँस लघुवित्तको सेयर सबैभन्दा बढी २ प्रतिशतले बढेको हो । राधि जलविद्युतको सेयर सबैभन्दा बढी १.९९ प्रतिशतले घटेको हो । समूहगत उपसूचक ७ वटा बढेको छ । सबैभन्दा बढी इन्भेष्टमेण्ट समूहको ०.८८ प्रतिशत बढेको हो ।
प्रतिक्रिया दिनुहोस्