Shikhar Insurance
National Life

राष्ट्रिय सभामा पनि उठ्यो इन्धनको मूल्य घटाउने विषय

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई÷दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएको भनी प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद दिपा गुरुङले राज्यले युवालाई सही दिशा दिननसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरिन् । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन ।

सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताए । साथै उनले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानूनअनुसार कारवाही गर्नुपर्ने धारणा राखे । सांसद गङ्गाकुमारी बेलवासेले संवैधानिक परिषद्मा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् आफू खुसी नियुक्ती गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताइन ।

सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गाराइन । केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि विर्सन नहुने बताइन । सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरे ।
सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरी नियन्त्रण गर्नुपर्ने बताइन ।

साथै उनले मुगु जाने सहुलियतको नून बाटोमा हराएको सम्बन्धमा सरकरसँग स्पष्ट जानकारी माग गरिन् । सांसद बिना पोखरेलले संविधानमा समाजवाद उन्मुख भनेका छौँ तर कसरी जाने भनेर केही नदेखेको बताउँदै देशमा ज्येष्ठ नागरिकको अवस्था दयनीय भएकाले सरकारको ध्यान जाओस भनिन् ।

उनले ज्येष्ठ नागरिकलाई जीवन धान्न केही सामाजिक सुरक्षा भत्ता दिएर मात्र खुसी नभएको भन्दै उनीहरुको जीवन खुसी तथा सन्तुष्टि र सम्मानका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताइन । सांसद नरबहादुर विष्टले अहिले लघुवित्त कम्पनीले गाउँमा चर्को ब्याज लिने गरेको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गरे । पूर्ववर्ती सरकारका पालामा बढेको दण्डहिनताका कारण अहिले पनि त्यस्ता घट्ना देखिने गरेको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न तथा नदोहो¥याउन सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।
सांसद तुलसाकुमारी दाहालले सामान्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको बताउँदै कानुनले व्यवस्था गरेका शिक्षा, सामाजिक न्याय, सुरक्षा, राज्यका निकायमा सहभागिता, सेवामा पँहुचलगायत विषयमा गरेका व्यवस्था भएका कानुन कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिनुपर्ने बताइन । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्