Shikhar Insurance
National Life

साउनको २० दिनमै वाणिज्य बैंकहरुबाट करिब १ खर्ब रुपैयाँ निक्षेप गायब, कर्जा ९ अर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरबाट करिब १ खर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असार मसान्तसम्म वाणिज्य बैैंकहरुमा ४५ खर्ब ४१ अर्ब ४४ लाख रुपैयाँ निक्षेप मौज्दात थियो ।

जुन साउनको २० गतेसम्म ९५ अर्ब २८ करोड रुपैयाँले घटेर ४४ खबर्ब ४६ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । साथै साउनको २० दिनमा विदेशी मुद्राको निक्षेप ३ अर्ब रुपैयाँले घटेर १ खर्ब ७ अर्ब रुपैयाँमा सीमित भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ६५ अर्ब ९५ करोड कर्जा प्रवाह गरेका छन् । जुन असार मसान्तको भन्दा ८ अर्ब ८९ करोड रुपैयाँ कम हो । संघको तथ्यांक अनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ८७.६९ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्