Shikhar Insurance
National Life

‘वाम घोषणापत्रमा विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त क्षेत्र बनाउने प्रतिवद्धता गरेको होइन ?’

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द/हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।्र

निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन हुने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सञ्जालका अध्यक्ष नरेन्द्र डङ्गोलद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्ने भएकाले विधिसम्मत मागहरु वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्