Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको नाफा अर्ब नजिक, लाभांश क्षमता कति ?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । २०७८ असार मसान्तमा ६६ करोड रुपैयाँ नाफा कमाएको बैंकले २०७९ मा २९ प्रतिशत अर्थात ४३.९३ प्रतिशतले बढाएर ९५ करोड रुपैयाँ पुर्याएको हो ।

बैंकको वितरण योग्य नाफा नै ५८ करोड रुपैयाँ रहेको छ । ४ अर्ब एक करोड चुक्ता पुँजी रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाटै लगानीकर्ताहरुलाई १४.४६ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालक्ष्मीले गत आर्थिक वर्षमा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा एक अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी २३.०९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६०.०९ रुपैयाँ रहेको छ । बैंकको पिई रेसियो १५.९५ रुपैयाँ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्