काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा २०७८ असार मसान्तको भन्दा ६ करोड रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ ।
४ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ । ज्योति विकास बैंकको जगेडा कोषमा एक अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी १६.४४ रुपैयाँ छ भने पीई रेसियो १८.३९ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ । बैंकले ५३ अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा लगानी गर्दा एक अर्ब ९५ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्