Shikhar Insurance
National Life

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २ हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल २ सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर २ अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएको २१ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको घटेको छ । भने एउटा कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष शुन्ना दशमलव १३ अङ्कले उकालो लाग्दा बैंकिङ २२ दशमलव १६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैंक ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य ९ दशमलव १६, लघुवित्त ११६ दशमलव १७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी १ दशमलव ५ अङ्कले ओरालो लागेको छ ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ रुपैयाँ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी ९ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी ५ करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको ५ करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जोशी हाइड्रोपावर ५ दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम ३ दशमलव ९४, उपकार लघुवित्त ३ दशमलव १४, कालिका लघुवित्त ३ दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतले कमाए । त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ७ दशमलव १८, गुह्येयश्वरी मर्चेन्ट बैंक ६ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ६ दशमलव ३७, सामलिङ पावर कम्पनी ५ दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले ५ दशमलव ४४ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्