Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४५.२९ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११.५८ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ०९:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.२९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३४ करोड ८६ लाख रुपौयँ छ । ३ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई ११.५८ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तसम्म बैंकले ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ४४.८८ प्रतिशत बढी हो । साथै सो अवधिमा बैंकले ८६ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।भने खराब कर्जा अनुपात ०.४१ प्रतिशतले घटेर ०.९८ प्रतिशत कायम भएको छ ।

समीक्षा अ अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा, मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ भने सीडी रेसियो ७८.२८ प्रतिशत, बेसरेट ८.५४ प्रतिशत र स्प्रेडरेट ४.२९ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्