Shikhar Insurance
National Life

सानदार ढंगले चुनाव जितेर देशको सेवा गर्न आउँछुः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार २२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् ।

राजधानीमा आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष नेपालले उक्त पुस्तक इतिहासको दस्तावेज भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुस्तकको चर्चा गर्ने क्रममा अध्यक्ष नेपालले पुस ५ गतेको घटनाक्रम स्मरण गरे । उनका अनुसार सोही दिन बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको थियो ।

उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए । पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने उल्लेख गर्दै अध्यक्ष नेपालले यो पुस्तकमा त्यस घटनाक्रमलाई स्पष्टरूपमा पढ्न सकिने पनि बताए ।

त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उनले सुनाए । उनले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गरे । मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गर्दै अध्यक्ष नेपालले पुस्तकको अर्को संस्करण निकाल्दा ती दस्तावेजलाई तिथिमितिसहित बुँदागतरूपमा राख्न लेखकलाई सुझाव दिए ।

तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए । उनले भने, “कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।”

फरक सन्दर्भ जोड्दै अध्यक्ष नेपालले ७० वर्षमा राजनीति नै छाडौँ भन्ने लागे पनि परिस्थितिले छाड्न नदिएको बताए । उनले भने, “चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नैपर्र्छ र जित्नैपर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईंहरुको बीचमा फेरि आउनुपर्छ ।”

उनले कसैको काम नै निषेधको राजनीति गर्ने भएकाले घृणा पैदा गर्ने र नकारात्मक प्रचार गर्ने तत्व कायमै रहेको पनि बताए ।

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) महासचिव नेता डा बेदुराम भुसालले तीन वर्षको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पाटोलाई डा सापकोटाको पुस्तकले केलाउने प्रयास गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्