Shikhar Insurance
National Life

कर्मचारी र ग्राहकलाई एनएमबि बैंकको मेहेन्दी उत्सब

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले साउनको सोमवार मेहेन्दी लगाऔं, एनएमबि संग रमाऔं भन्ने सन्देश सहित आपसी सदभाव अभिबृद्घि गर्ने उद्घेश्यले कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । साउन १६ गते बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको हो ।

बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेष प्रदेशको जनकपुर र विरगंज, वागमति प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्विनि प्रदेशको मिलन चोक र नेपालगंज, प्रदेश ६ को विरेन्द्रनगर (सुर्खेत) र सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर र धनगडी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्