Shikhar Insurance
National Life

स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंक राष्ट्र बैंकको कारवाहीमा,निर्देशन उल्लंघन गर्दा तिरे जरिवाना

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड र एसीसी बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गरेको निरिक्षणको क्रममा गत आर्थिक वर्षको चौथो त्रैमासमा कारवाहीमा परेका हुन् ।

राष्ट्र बैंकले तोकिएको स्टयाण्डर्ड चार्टर्ड र एनसीसीलाई अनिवार्य नगद मौज्दात/ बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाही गरेको छ । जसमा स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ५३ पैसा र एनसीसी बैंकले ४९ हजार ८८ सय ७५ रुपैयाँ जरिवाना तिरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, अनिवार्य नगद अनुपात भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नु पर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्