Shikhar Insurance
National Life

एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतको वृद्धि, लगानीकर्तालाई १३.०३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ पुर्याएको हो । एक वर्षको अवधिमा बैंकले करिब १ अर्ब रुपैयाँ खुद नाफा बढाएको हो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आवको असार मसान्तसम्म १ खर्ब ८४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.७५ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ १४ पैसा र मुल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत, सीडी रेसियो ८७.७५ प्रतिशत, बेसरेट ९.३८ प्रतिशत र स्प्रेडरेट ४.०५ प्रतिशत छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्