Shikhar Insurance
National Life

बुधबार नेप्से ६.७१ अंकले घट्याे, कारोबार रकम ४ अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार (आज) नेप्से परिसूचक सामान्य अंकले घटेको छ । केही समयदेखि निरन्तर बढेको नेप्से परिसूचक मंगलबार २.७६ अंकले करेक्सन लिएकाे थियो । सोही करेक्सनलाई आज सामान्य अंकले घटेर निरन्तरता दिएको हो । सो दिन नेप्से परिसूचक ६.७१ अंकले घटेर २,१८६.७७ को विन्दुमा बन्द भएको छ ।

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेनसेटिभ इण्डेक्स पनि ०.६४ अंकले घटेर ४२०.४९ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१८ कम्पनीको ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा ७३ करोड ६६ लाख ९७ हजार रुपैयाँले कारोबार रकम बढेको  हो । अघिल्लो दिन ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भएको थियो ।

कारोबारमा आएको ९६ कम्पनीको सेयर मूल्य बढेको छ । ७७ कम्पनीको घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

समलिङ्गी पावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत र यूनाइटेड हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । सो दिन स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर धनीहरुले सबैभन्दा बढी ३.९२ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड ३४ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै, अपि पावर कम्पनीको १५ करोड १७ लाख २४ हजार, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख ८ हजार र यूनाइटेड हाइड्रोपावर कम्पनीको ११ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

१३ वटा समूहगत उपसूचक मध्ये ४ वटा उपसूचक बढेको छ । हाइड्रोपावर १.६४ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, सामूहिक लगानी कोष ०.२२ प्रतिशत र व्यापार समूह ३.८१ प्रतिशतले बढेको हो ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्