काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सासाधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । बुधबार कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले गोलाप्रथा विधिधमार्फत् आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका परेको थियो भने जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन योग्य भएका थिए ।
योग्य आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई आइपीओ बाँडफाँड गरिएको हो । जसमध्ये ५ जनालाई ११ कित्ता र बाँकीलाई १० कित्ताका दरले आइपीओ बाँडफाँड भएको हो । लगानीकर्ताले केही समयपछि बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्