Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंककाे खुद नाफा ३ अर्ब ६८ करोड बढी, लाभांश क्षमता र अन्य सुचांक कस्तो?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ०७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा ३ खर्ब ३६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा ४१ करोड २८ लाख अर्थात् १२.६३ प्रतिशत बढी हो ।

बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ । सो अवधिमा बैंकको चुक्तापुँजी १८ अर्ब ६५ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.५८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ६० अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ६ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ८.९२ प्रतिशत बढी हो । साथै, बैंकले सो अवधिमा २ अर्ब रुपैयाँ संचालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज ७० करोड २६ लाख रुयैयाँ रिभर्स हुँदा खुद नाफा वृद्धिमा सहयोग पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६९ पैसा र तरलता अनुपात २६.८६ रहेको छ । साथै गत असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड १३.३३ प्रतिशत, सीडी रेसियो ८७.२० प्रतिशत, बेसरेट ९.९९ प्रतिशत र स्प्रेडरेट ४.३७ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्