Shikhar Insurance
National Life

कुमारी बैंकको खुद नाफामा ४३.८७%को वृद्धि, लाभांश क्षमता १२ प्रतिशत बढी

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ०७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ८६ करोड ४५ लाख अर्थात् ४३.८७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ७७ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.०६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ७६ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  जस वापत बैंकले ६ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ८.९२ प्रतिशत बढी हो । साथै, बैंकले सो अवधिमा ३ अर्ब ९८ करोड रुपैयाँ संचालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज ५६ करोड रुयैयाँ रिभर्स हुँदा खुद नाफा वृद्धिमा सहयोग पुगेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २७ पैसा,प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा र तरलता अनुपात २४.८१ रहेको छ । साथै गत असार मसान्तसम्म बैंककोखराब कर्जाा अनुपात ०.९६ प्रतिशत, कस्ट अफ फण्ड १२.९८ प्रतिशत, सीडी रेसियो ८४.१२ प्रतिशत, बेसरेट १०.५७ प्रतिशत र स्प्रेडरेट ४.३६ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्