Shikhar Insurance
National Life

डिशहोमको सेवाहरु अब अनलाइनबाट रिजार्च गर्न सकिने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा अनलाइन सेवा मार्फत उपलब्ध भएका छन् । यी सेवाहरु आईएमई पे, इसेवा, खल्ती, प्रभु पे मार्फत रिचार्ज गर्न सकिन्छन् ।
रिचार्ज गर्ने समयमा आफुले कुन सेवा लिभएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र गर्नुपर्ने हुन्छ । जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरिएको छ भने टिभी सेगमेन्टमा गएर डिसहोममा क्लिक गरि रिचार्ज गर्नुपर्छ ।

त्यस्तै, डिसहोम फाइबरनेट मात्र चलाईएको छ भने इन्टरनेट सेगमेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । र त्यस्तै, फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिईएको छ भने यसको लागि पनि टिभी सेगमेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्