Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से सामान्य बढ्दा, ५ कम्पनीको सेयर मूल्य सर्वाधिक १.९९ प्रतिशतले बृद्धि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिओपन सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य बढेकोे छ । मंगलबार नेप्से परिसूचक १.८० अंकले बढेर २,१९८.०५ को विन्दुमा पुगेको हो ।

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०ं२३ अंकले बढेर ४२१.३७ को विन्दुमा पुगेको छ । कारोबारमा आएको १२ कम्पनीको सेयर मूल्य बढेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेसनमा १३ कम्पनीका २ हजार ८५ कित्ता सेयर १४ लाख २० हजार रुपैयाँमा खरिदबिक्री भए ।

साे दिन प्रिओपन सेसनमा ५ कम्पनीको सेयर मूल्य सर्वाधिक १.९९ प्रतिशतले बढेको छ । गुडविल फाइनान्स, माहालक्षिमी विकास बैंक, आरएमडिसी लघसवित्त, मिर्रमिरे माइक्रोफाइनान्स र मानुषी लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा गुडव्इल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको४ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
सो सेसनमा ६ वटा समूहगत उपसूचकहरु बढेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्