Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत प्रतिफल दिने ऋणपत्र निष्काशन गर्दै, एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार मूल्यको १० लाख कित्ताले हुने एक अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । दश वर्षे अवधीको ऋणपत्र निष्काशनको लागि एनआई्सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ऋण पत्रका लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन् ।

ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्